एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य तिमिल्सेना गरे जिल्ला अधिवेशनमा सहसचिवमा उम्मेद्धारी दिने घोषणा

छिनोफानो   बिहिबार ०३, जेठ २०८१ ०६:४०

धनगढी । नेकपा एमाले जिल्ला कमिटी अछामको जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेताहरूले विभिन्न पदमा आफू आकाङ्क्षी रहेको सामाजिक सञ्जाल मार्फत घोषणा गरिहेका छन । 

नेकपा एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य सत्यराज तिमिल्सेनाले आसन्न अधिवेशनमा आफूले जिल्ला सहसचिवका लागी आकाङ्क्षी रहेको भन्दै सबै प्रतिनिधीहरुलाई सहयोगका लागी अपिल गरेका छन । देशमा युवाहरू पहुँचको हरेक पार्टी र क्षेत्र तर्फ बढ्दै गएकोले पार्टीलाई बलियो र मजबुन बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले बताए । 

पार्टीमा गुट उपगुट हाबी भए पनि यो पार्टी निर्माणका लागी राम्रो नभएको बताउँदै तिमिल्सेनाले भने म पार्टीको सिपाही हु कुनै गुट उपगुट मेरो छैन र रहँदैन पनि त्यसैले मैले  उम्मेदवारी दिने योजना बनायको हु उनले भने । आफू यस भन्दा अगाडि लगातार १० वर्ष जिल्ला कमिटी सदस्य भइसकेको र अब पदाधिकारीमा आफूलाई सहयोग गर्न उनले आग्रह गरे । 

जिल्ला अधिवेशन यही जेठ महिना भित्र सम्पन्न गर्ने निर्णय भएको भए पनि अहिले सम्म मिति भने तय भएको छैन । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु