अझै मर्मत भएनन् मंगलसैन बजार क्षेत्रमा जडान गरेका सिसिटिभी क्यामरा

छिनोफानो   मङ्गलबार ०८, जेठ २०८१ १२:४७

पवन भण्डारी,धनगढी । अछामको मङ्गलसेन नगरपालिकाले निगरानीको लागी बजार क्षेत्रमा राखेका सिसी क्यामरा विगत लामो समय देखि मर्मत हुन सकेका छैनन् । मङ्गलसेन बजारको निगरानी गर्न राखिएका क्यामेरा गायब शीर्षकमा छिनोफानो डटकमले गत पुस १८ गते समाचार प्रकाशन गरेको थियो । 

बजार क्षेत्रको सुरक्षा तथा निगरानीको लागी राखिएका सिसी क्यामरा बर्छौ देखि मर्मत समेत नभएको भन्दै स्थानीय नागरिकहरूले गुनासो पछि छिनोफानो डटकमले सो विषयलाई उठान गर्दै आएको थियो ।

मंगलसैन नगरपालिकाले मंगलसैन बजार र ठुलासेन बजार गरी दुई ठाउँमा सिसी क्यामरा जडान गरेको  थियो  । गत पुसमा छिनोफानो डटकम सँग कुरा गर्दै  नगरप्रमुख प्रमुख पदम बहादुर बोहोराले सिसिटिभी क्यामरा मर्मतका लागी प्राविधिक खोज्न लागेको बताउँदै छिटै सञ्चालनमा ल्याउने बताएका थिए । 

तर प्रमुख बोहोराले सो कुरा बोलेको करिब ५ महिना बढी भई सक्दा पनि मर्मत हुन सकेको छैन ।  सिसिटिभी क्यामरा ठुलासैन बजार र मंगलसैन बजारमा गरी दुई ठाउँमा जडान गरिएको थियो । मंगलसैन नगरपालिकाले मर्मतकालाई कोटेसन समेत माग गरेको थियो ।

नगरपालिका लाखौँ लगानी गरेर नगरका दुई बजार क्षेत्रमा क्यामरा जडान गरेको थियो । तर क्यामरा जडान भएको दुई तिन महिना मात्र चलेको  त्यस पछि बन्द रहेको स्थानीयबासीले नगरपालिकाको चर्को आलोचना समेत गरेका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु