बाजुराबाट बिध्यार्थी लगेर रारा जाँदै गरेको जिप दुर्घटना

छिनोफानो   बिहिबार १०, जेठ २०८१ ०२:३८

धनगढी । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ। जिल्लाको हिमाली गाउँपालिका–५ कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रारा लैजादै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटपमा दुर्घटना भएको हो। जिपमा सवार १२ जना घाइते भएका छन्।

उनीहरूमा नौँ जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार अन्य सबैको अवस्था सामान्य रहेको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु