मंगलसैन नगरपालिका १३ बस्तीमा ७८ लाखमा बनेको स्वास्थ्य चौकीको ढोका हस्तान्तरण नहुँदै  धमिराले खायो,पेटी चर्कियो

छिनोफानो   शुक्रबार ११, जेठ २०८१ ११:०९

पवन भण्डारी,धनगढी । अछामको मंगलसैन नगरपालिका १३ बस्तीमा ७८ लाखमा बनेको स्वास्थ्य चौकी भवन हस्तान्तरण नहुँदै चर्किएको छ भने ढोका धमिराले खाएको छ । मंगलसैन नगरपालिकाको लगानीमा निर्माण भएको उक्त भवन हस्तान्तरण नहुँदै ठाउँ ठाउँमा चर्किएको हो । मंगलसैन नगरपालिका सो भवन हस्तान्तरण गर्न खोजे पनि स्थानीयको विरोध पछि सो भवन हाल सम्म पनि हस्तान्तरण हुन सकेको छैन । 

भवनको पेटी पुरै चर्किएको छ भने ढोकाहरूमा समेत कमसल काठ प्रयोग गरेको स्थानीयको भनाई छ । स्थानीय झुमाकान्त उपाध्यायले भने “हामीले यो बारे नगरपालिकालाई समेत जानकारी गराएका हौ,नगरप्रमुख सहितको टोलिला समेत सो भवनको अनुगमन गरेको हो तर हाल सम्म सो भवन बारे कुनै काम भएको छैन ।”

भवन हस्तान्तरणका लागी नगरपालिकाले आफूहरू लाई पटक पटक अनुरोध गरे पनि आफूहरू भवनको काममा लापरबाही भएको र सुधार नहुदा सम्म भवन नबुझ्ने भने पनि हाल सम्म भवन हस्तान्तरण नभएको उनले बताए । स्वास्थ्य चौकी भवन हस्तान्तरण नहुँदै ढोका सडेको छ भने पेटी चर्किएको छ ।  

स्थानीय दीपक साउँद भने “भवनमा सबै ठाउँमा गुणस्तर हीन सामान नै प्रयोग भएको छ ,हामीले देख्ने जति त देख्यो ईन्जीनियरले कसरी भवन पास गर्‍यो अचम्मको कुरा छ उनले भने”करिब ७८ लाखमा बनेको सो भवनमा कुनै पनि काम राम्रो छैन । जनताको आँखामा छारो हाल्ने काम मात्र भएको छ उनले भने ।

स्थानीय बासिन्दाले ठेकेदारले गुणस्तर हीन काम गर्दा पनि नगरपालिका ले वास्ता नगरेको आरोप समेत लगाएका छन । स्थानीय भन्छन्“बुढी गङ्गाबाट ल्याएको बालुवा र सिमेन्टमा बालुवा महँगो पर्ला तर स्वास्थ्य चौकी भवनमा सिमेन्ट कम बालुवा बढी प्रयोग भएको छ । 

स्वास्थ्य चौकी भवन मापदण्ड अनुसार नभएको भन्दै स्थानीय भन्छन् यो भवन जस्तो बनाउनु पर्ने हो बनेन यहाँ पैसा कमाउने सरकारी काम त हो भन्दै लापरबाही गर्ने काम भयो समाचार श्रोत भन्छ । 

मंगलसैन १३ का अध्यक्ष हिम्मत बहादुर बोगटीले स्वास्थ्य चौकी भवनको ढोका धमिराले खाएको बताए । उनले भने “स्वास्थ्य चौकीको पेटी पुरै फटेको थियो त्यो टालटुल भई सक्या छ तर ढोका अझै भएको छैन ठेकेदारले ढोका अर्को लगाई दिन्छु भन्नु भएको छ । आफूलाई नगरपालिकाले हस्तान्तरणका लागी सिफारिस दिन भने पनि आफूले भवनको काम सन्तोषजनक नभएकाले सिफारिस नदिएको बताए । 

हिमाल निर्माण सेवाका ठेकेदार भक्त बहादुर बोगटीले भवनको बाहिरी पेटी फुटेको र ढोकामा धमिरा लागेको स्वीकार गरेका छन । उनले भने “बाहिरी जमिन कमजोर रहेछ त्यसैले पेटी चर्केको हो मले टालटुल गरी सके । 

मंगलसैन नगरपालिका इन्जिनियर खम्म के शीले स्वास्थ्य चौकीको पेटी तिरको भवनको माटो कमजोर हुँदा चर्किएको बताए । उनले भने कमजोर माटो रहेछ पेटी मात्र चर्किएको हो अन्य भित्र भवनमा कुनै ठाउँमा चर्किएको छैन उनले भने । ढोका धमिराले खाएको छ ठेकेदारले फेरी हाल्छु भनेका छन उनले भने । इन्जिनियर के शीले यो भनाई नै गैह्र जिम्मेवारी देखिन्छ । 

कुनै पनि भवन बनाउँदा माटोको ल्याब परीक्षण जमिनको अवस्था बारे जाँच्ने काम ईन्जीनियरको हुन्छ तर यसरी इन्जिनियर के शीले आफ्नो कतब्र्य लाई बिर्सेर भवन निर्माण गर्नुले नगरपालिका भित्रका अन्य संरचनाहरूमा समेत कैफियत हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु