मंगलसैन १३ बस्तीमा बिद्युत् बिस्तारको लागी ठेक्का भएको ६ बर्ष सम्म पनि बलेन बत्ती

छिनोफानो   शनिबार १२, जेठ २०८१ ०१:४९

पवन भण्डारी,धनगढी । अछामको मंगलसैन नगरपालिका १३ बस्तीमा ६ बर्ष सम्म पनि बिधुत बिस्तार हुन सकेन । बिद्युत् बिस्तारका लागी २०७६ सालमा ठेक्का सम्झौता भए पनि हाल सम्म सो क्षेत्रका नागरिकहरू बिद्युत्को पहुँचबाट बाहिर रहेका छन । बिद्युत् प्रसारण लाइन पुर्‍याउने ठेक्का भएको ६ बर्ष बढी भई सक्दा पनि ठेकेदारले बस्तीका टोलहरूमा अझै पोल र तार जोड्न नसकेको स्थानियबासीको गुनासो छ । 

बस्तीमा लामो समय पछि पोलहरू पुगे पनि पोल र तारहरू हाल्ने काम अझै सम्पन्न नभएको स्थानियबासी बत्ताउँछन् । ठेकेदारले केही ठाउँमा पोलहरू हालेको छ भने केही ठाउँमा अझै बाकी रहेको स्थानीयको भनाई छ । स्थानीय नागरिक भन्छन् “हालेका पोलहरू पनि निकै कमजोर तरिकाले हालेका छन कोही त ढलिसके अहिले तर पोल हाल्ने मान्छे र ठेकेदार कहाँ हराए ”

स्थानीय सरकार आएपछि आफूहरूले आफूहरूले झेल्दै आएको अँध्यारो जीवन उज्यालोमा परिणत हुने बस्तीका स्थानीयको आसा थियो । 

मंगलसैन नगरपालिका १३ बस्तीका वडा अध्यक्ष हिक्मत बहादुर बोगटीले पछिल्लो समय वडा कार्यालयको भवन देखि आसपासका बस्तीहरूमा पोलहरू हाल्ने र तारहरू तान्ने काम सकिएको बताए । उनले भने “अब बत्ती बिस्तार कहिले सम्म हुन्छ त्यो बारे मलाई पनि जानकारी छैन,म यो बारे समन्धीत निकायलाई बत्ती जोड्न दबाब दिई रहेको छु”

नेपाल बिद्युत् प्राधिकरण साँफेबगर वितरण केन्द्रका प्रमुख हिक्मत बहादुर बिसीले पछिल्लो समय बस्तीमा बिद्युत्को काम करिब अन्तिम चरणमा रहेको बताए । उनले भने “विभिन्न कारण बस २०७६ सालमै ठेक्का भएको भए पनि भौगोलिक विकटता लगायतका कारणले समय लागेको बताए । 

पहिले पोलहरू तारहरूमा केही समस्या थियो आफूहरू पुगेर कतै ढलेका थिए कतै सपोटिङ तारहरू रुखमा बाधेका थिए मैले सबै हटाउन लगाई सकेको छु अब केही दिन भित्र आफूहरूले बिद्युत् प्रसारण गर्ने तयारी गरेको बताए । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु