अछामको साँफेबगर बजारमा सिसी क्यामरा जडानका लागी तिन बर्ष अगाडि नै भुक्तानी,काम भने शून्य

छिनोफानो   सोमबार १४, जेठ २०८१ १२:२९

पवन भण्डारी,धनगढी । अछामको साँफेबगर नगरपालिकाले नगर क्षेत्रको सुरक्षाको लागी भन्दै सिसी क्यामरा जडानका लागी २०७८ साँल मै ८ लाख ५० हजार भुक्तानी गरेको थियो । तर हाल सम्म बजार क्षेत्रमा सिसी क्यामरा जोड्ने काम भने सुरु नै भएको छैन । 

नगरपालिका तथा बजार क्षेत्रको सुरक्षा लाई मध्यनजर गर्दै सिसिटिभी क्यामरा जडान गर्ने उद्देश्य सहित नगरपालिकाले भुक्तानी गरेर किनेको सामानमा समेत खिया लागी सकेको छ ।  नगरपालिकाले २०७७ र २०७८ साँलमा दुई पटक गरि टेन्डर गरेको थियो । 

२०७७ साँल मा टेन्डर नपरेपछि २०७८ स्याँलमा पुनः टेन्डर गर्‍यो । तर सो टेन्डरमा परेका फार्महरूलाई बिना जानकारी उक्त टेन्डर रद्ध गरिएको एक जना व्यवसायी बताउँछन् । २०७८ मा मैले टेन्डर हालेको थिए तर पछि आफूलाई जानकारी नै नगरी टेन्डर रद्द गरियो । 

मैले कुनै समस्याले गर्दा रद्द भएको होला भन्ने सोचे तर पछि नगरपालिकाले आफू खुसी एक जनालाई सो सिसी क्यामरा खरिद र जडानको लागी भुक्तानी गरेको रहिछ उनले भने ।

साँफेबगर  बजार क्षेत्रका व्यापारीहरू लाई भने नगरपालिकाले बजार क्षेत्रको लागी भनेर सिसी क्यामरा खरिद गरेको समेत जानकारी छैन । स्थानीय व्यापारी भन्छन् एक पटक क्यामरा जोड्न भनेर तार त तान्दै थिए त्यस पछि कता हराए थाहा छैन  । साँफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले आफूहरूले सिसिटिभी क्यामराको सामान किनेर राखेको बताए । उनले भने हामीले सामान किनेर राखेका छौ जोड्ने मान्छे नभए रोकिएको छ । 

करिब ८ लाख ५० हजार आफूले भुक्तानी दिएको स्वीकार गर्ने प्रमुख प्रशासकीय अधिकृत शर्मा टेन्डर कस्लाई परेको हो भन्ने बारे कुनै जानकारी नै नभएको बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत शर्माले छिनोफानो डटकमसँग कुरा गर्दै भने पहिलेका नगरप्रमुखले सामान किन्नुस् भने जोड्ने मान्छे हामी मिलाउँछु भने तर पछि जोड्ने मान्छे न आउँदा अहिले सम्म काम नभएको बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु