अछाममा सबैभन्दा कम बेरुजु आउनेमा मंगलसेन नगरपालिका पहिलो ,बढी आउनेमा ढकारी

छिनोफानो   सोमबार १४, जेठ २०८१ ०१:२३

पवन भण्डारी,धनगढी । अछाममा सबैभन्दा कम बेरुजु आउनेमा मंगलसेन नगरपालिका पहिलो बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष ०७९ र ८० को वार्षिक प्रतिवेदनमा मंगलसैन पहिलो बनेको हो ।

महालेखाको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार अछाममा सबैभन्दा कम बेरुजु ल्याउनेमा मंगलसैन नगरपालिका रहेको छ भने बढी बेरुजु आउनेमा ढकारी गाउँपालिका रहेको छ । ढकारी गाउँपालिकाको बेरुजु उसको लेखा परीक्षण रकम १ अरब २७ करोड २९ लाख ७८ हजार रहेकोमा बेरुजु ६.१५प्रतिशत अर्थात् ६४ करोड ७७ लाख ४ हजार रहेको छ ।

मंगलसैन नगरपालिकाको २०७९र८० मा नगरपालिकाको बेरुजु विगतको बर्ष भन्दा निकै सुधार आएको छ । बेरुजु रकम कुल लेखा परीक्षण १ अरब ४९ करोड १८ लाख ८० हजारको रुपैयाँको ०.४० प्रतिशत अर्थात् ५९ लाख ४७ हजार हो । विगतको वर्षको भन्दा कम हो ।

यस्तै कम बेरुजु आउनेमा पञ्च देवल विनायक नगरपालिका दोस्रो रहेको छ भने यस्तै बान्नीगढी जयगढ गाउँपालिका तेस्रो बनेको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु