२ सय ६४ वटा स्वास्थ्य संस्थामा सिटामोलसमेत पाइएन, ३ सय ८० वटामा जीवनजल छैन

छिनोफानो   सोमबार १४, जेठ २०८१ ०४:२१

काठमाण्डाै – नागरिकका लागि अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउने सरकारी नीतिको प्रभावकारी कार्यान्वयन नभएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार औषधि वितरणको अनुगमन गर्दा स्वास्थ्य नीति २०७६ अनुसार अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुनुपर्नेमा कतिपय अस्पताल र स्वास्थ्य चौकीमा सिटामोलसमेत नभएको पाइएको हो । स्वास्थ्य सेवा विभागले प्रयोगमा ल्याएको सफ्टवेयरमार्फत परीक्षण गर्दा निःशुल्क वितरण हुने औषधिमध्ये केही औषधिको मौज्दात नै नभएको प्रतिवेदनमा उल्लेख छ ।

२ सय ६४ वटा संस्थामा सिटामोल, ३ सय ५३ वटा संस्थामा अल्वेण्डाजोल, ७ सय १६ वटा संस्थामा भिटामिन ए क्याप्सुल, ७ सय २१ वटा संस्थामा एमोक्सोसिलिन, ५ सय ३४ वटा संस्थामा नाभी मलम र ३ सय ८० वटा संस्थामा जीवनजलको मौज्दात शून्य रहेको महालेखाले जनाएको छ ।

निःशुल्क वितरण गरिने औषधिहरू प्रदेश, पालिका र सङ्घीय तीन वटै सरकारमार्फत खरिद गरी वितरण हुने गरेको छ । अत्यावश्यक औषधिसमेत स्वास्थ्य संस्थामा मौज्दात नहुँदा निःशुल्क औषधि वितरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन नभएको महालेखाले जनाएको छ ।

सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने नीति लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु