जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले ११ औँ बार्षिक साधारण सभा सम्पन्न

छिनोफानो   सोमबार २१, जेठ २०८१ ०५:५४

धनगढी ।  कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारी स्याउलेस्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक बनका उपाध्यक्ष पुष्पराज पुरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी धनगढी उपममहानगरपालिका–१४ की वडा सदस्य कृष्णा नेपाली रहनु भएको थियो भने बिसिष्ट अतिथी सव डिभिजन बन कार्यालय फुलबारीका प्रमुख जिबछ यादव रहनु भएको थियो ।

सोमबार भएको सामुदायिक बनको साधार सभामा कोषाध्यक्ष विवेक मल्लले आर्थिक वर्ष २०७९ । ०८० को असार मसान्तसम्मको आयव्याय प्रस्तुत गरेका थिए ।

आज  सव डिभिजन वन कार्यालय परिसरमा भएको समूहको साधारण सभामा समूहका प्रस्तुत गरेको आयव्ययमा उपभोक्ताले टिप्पणी गरेका छन् । साधारण सभाले आजै नया उपभोक्ता समिती गठन गर्नेछ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु