झरनामा फोटो खिच्दा एक जनाको मृत्यु, तीन जना घाइते

छिनोफानो   मङ्गलबार २२, जेठ २०८१ १०:३१

फिदिम,जेठ २२ गते ।  पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवकको लडेर ज्यान गएको छ ।

झर्नाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर सख्त घाइते भएका फिदिम २ का १८ वर्षीय एल्सन मगरको उपचारका लागि झापा लैजाने क्रममा निधन भएको हो । साथीहरूसँग झर्ना घुम्न गएका उनीहरू फोटो खिच्ने क्रममा चिप्लेर लडेका थिए ।

गम्भीर घाइते हुन भएका एल्सनलाई तत्काल पाँचथर अस्पताल ल्याइए पनि उपचार सम्भव नभएपछि झापा तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीसँगै चिप्लेर लड्दा फिदिम ११ का २० वर्षीय सुदिप आङवो, फिदिम २ का राजन फागो र फिदिम ११ कै विशाल विश्वकर्मा घाइते भएका छन् ।

उनीहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हेमन्तबहादुर भण्डारीले बताउनुभयो ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु