उपचारमा आर्थिक अभाव भएपछि ३१ बर्षीय चौधरीको दोस्रो अप्रेशन गर्न मुस्कील, सहयोग गरि बचाई दिन परिवार परिवारको अपिल

छिनोफानो   मङ्गलबार २२, जेठ २०८१ ०४:१०

धनगढीः कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बैबाहाँका ३१ बर्षीय गणेश चौधरीको उपचारमा आर्थिक अभाव सृजना भएको छ ।  बिगत दुई महिनादेखि धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचाररत चौधरी गत चैत २३ गते कामबाट घर फर्किए लगत्तै बेहोस भई अहिले धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचाररत रहेका छन । मस्तिष्कघात भएर बेहोस भएका चौधरीको चैत २३ गतै नै शल्यक्रिया गरिएको हो । 

पाँच लाख खर्च लाग्ने भनेर शल्यक्रिया गरिएका चौधरीको उपचारमा अहिलेसम्म १३ लाख खर्ज भईसकेको छ । चौधरीकी दिदि आरती चौधरीले भनिन अस्पतालमा केबल २ लाख रकम मात्रै जम्मा गर्न सकेका छौ बाँकी ११ लाख जुटाउन कसरी जुटाउने आफु सँग कुनै बिकल्प छैन । आर्थिक समस्या भइरहेको बेला चिकित्सकले दोस्रो शल्यक्रिया गर्नुपर्ने बताएको उनले बताईन । 

दैनिक मजदुरी गरेर घर खर्च चलाउने चौधरीको  खेत तथा अन्य सम्पती नभएकाले खर्च जुटाउन समस्या भएको छ । पहिलो शल्यक्रियाको ११ लाख रकम बुझाउन नसकेको अवस्थामा भाइको दोस्रो शल्यक्रिया गर्नुपर्ने भएकाले खर्च जुटाउन के गर्ने भनेर चौधरीको परिवार चिन्तित भएको छ । वृद्ध बुवा, श्रीमती र दुई छोराछोरीको समेत लालनपालन गर्ने जिम्मेवारी भएका गणेश अचेत भएर ढलेदेखि उनको परिवारमाथि बज्रपात परेको छ ।

चौधरीका भिनाजु जीवन श्रेष्ठले  चौधरीको विन रक्षाको लागी सबै सहयोगी दाताहरु सँग अनुरोध गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोग गर्न इच्छुकलाई बिरामी चौधरीको श्रीमती श्रीदेवी चौधरीको एनएमबी बैंकको खाता नम्बर ११८०१८०७५९७०००१८ मा सक्दो सहयोग रकम जम्मा गर्न अनुरोध गरिएको छ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु