कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु २ जना घाईते

छिनोफानो   बुधबार २३, जेठ २०८१ ११:२६

धनगढी  ।​  कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सहजपुरबाट बिपिनगर तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ५२७८ नम्बरको ट्याक्टरले ओभर टेक गर्ने क्रममा भे २ त १५१६ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा मंगलवार दुर्घटना भएको हो । दुर्घटनामा परी भे २ त १५१६ नम्बरको ट्याक्टर सडकमा पल्टिदा सोही ट्याक्टरको चालक डोटीको जोराईल गाउँपालिका–४ का २० वर्षीय हेमन्त रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोहि ट्याक्टरमा सवार डोटीको जोराईल गाउँपालिका–४ बस्ने २२ वर्षीय लक्की बादी र कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का १७ वर्षीय गजेन्द्र दमाई घाईते भएका छन्। घाईते दुबै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००२ त ५२७८ नम्बरको ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु