साँफेबगर नगरपालिका द्धारा ३ बर्ष अगाडी गुपचुपमै सिसिटिभी खरिद र रकम भुक्तानी ,काम शून्य

छिनोफानो   बुधबार २३, जेठ २०८१ १२:२८

पवन भण्डारी,धनगढी । अछामको साँफेबगरनगरपालिकाले नगर क्षेत्रको सुरक्षाको लागी भन्दै सिसी क्यामरा जडानका लागी  तिन बर्ष अगाडि नै गुपचुपमा रकम भुक्तानी गरेको खुलेको छ । पालिकाले २०७८ साँलमा क्यामरा खरिदका लागी ८ लाख ५० हजार भुक्तानी गर्दै सामान खरिद समेत गरेको थियो । बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै खरिद गरिएका क्यामराहरू  हाल सम्म बजार क्षेत्रमा जोडिएका छैनन् ।  नगरपालिकाले २०७७ र २०७८ साँलमा दुई पटक गरी टेन्डर गरेको थियो । 

पालिकाले २०७७ साँलमा टेन्डर नपरेपछि २०७८ साँलमा पुनः टेन्डर गर्‍यो । २०७८ सालमा केही कम्पनीहरूले टेन्डर दर्ता गरे । दर्ता गरेका फार्महरूलाई जानकारी बिना नै नगरपालिकाले मन मर्जी रूपमा आफू निकट ब्याक्तीलाई सामान खरिद गर्न अनुमति दियो या नगरले आफै सामान खरिद गर्‍यो सो बारे नगरपालिका अझै बेखबर रहेको छ । २०७८ मा नगरपालिकाले खोलेको टेन्डरमा आफूले हाले पनि पछि कस्लाई टेन्डर पर्‍यो सो बारे कुनै जानकारी नै नभएको एक ब्ब्यावसायी बताउँछन् ।  

साँफेबगर  बजार क्षेत्रका व्यापारीहरूलाई भने नगरपालिकाले बजार क्षेत्रको लागी भनेर सिसी क्यामरा खरिद गरेको समेत जानकारी छैन । साँफेबगर बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुवरले नगरपालिकाले सामान खरिद गरेको बारे आफूलाई कुनै जानकारी नै नभएको बताए । उनले भने हामीले बजार व्यवस्थापन समितिबाट बजार क्षेत्रमा क्यामरा जोड्ने निर्णय गरेका छौ , पछि छिनोफानो डटकममा समाचार प्रकाशित भएपछि मात्र मैले जानकारी पाए उनले भने । 

छिनोफानो डटकम सँग कुरा गर्दै साँफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले आफूहरूले सिसिटिभी क्यामराको सामान किनेर राखेको बताए । उनले भने हामीले सामान किनेर राखेका छौ जोड्ने मान्छे नभए रोकिएको छ । करिब ३ बर्ष अगाडि नै करिब ८ लाख ५० हजार आफूले भुक्तानी दिएको स्वीकार गर्ने प्रमुख प्रशासकीय अधिकृत शर्मा टेन्डर कस्लाई परेको हो भन्ने बारे कुनै जानकारी नै नभएको बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत शर्माले छिनोफानो डटकमसँग कुरा गर्दै भने पहिलेका नगरप्रमुखले सामान किन्नुस् भने जोड्ने मान्छे हामी मिलाउँछु भने तर पछि जोड्ने मान्छे न आउँदा अहिले सम्म काम नभएको बताए । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु