नेदरल्यान्ड्ससँगकाे हारबाट दबाबमा छैनाैँ, हामी आफूलाई प्रमाणित गर्न आएका हाैँ : साेमपाल

छिनोफानो   बुधबार २३, जेठ २०८१ १२:३४

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटकाे आफ्नाे पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएकाे छ । अमेरिकाकाे डालासमा रहेकाे ग्रान्ड प्रेरी क्रिकेट मैदानमा गए राति भएकाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयाे ।

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका सदस्य साेमपाल कामीले भने याे हारबाट हताेत्साहित हुनुपर्ने अवस्था नरहेकाे बताएका छन् । खेलपछि उनले भने, ‘यो हारबाट दबाबमा छैनौँ । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौँ । सुपर आठका लागि योग्य टोली हौँ भन्ने सन्देश दिन चाहन्छौँ । आज हार बेहाेर्‍याैँ तर आउँदाे तीन खेलमा राम्राे गर्नेछाैँ ।’

अब नेपालले लिग चरणकाे दाेस्राे खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्राे जुन १५ मा दक्षिण अफ्रिका र चाैथाे तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्ग्लादेश रहेका छन् । नवाैँ संस्करणकाे प्रतियाेगितामा २० वटा देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु