कञ्चनपुरका धर्म ओड विगत २१ दिनदेखि सम्पर्क बिहीन

छिनोफानो   बिहिबार २४, जेठ २०८१ ०२:४९

कञ्चनपुर ।  कञ्चनपुरका धर्म ओड विगत २१ दिनदेखि सम्पर्क बिहीन भएका छन्।

बेलडाँडी गाउँपालिका-२ नवजागरण टोलका ४८ वर्षीय ओड यही जेठ ४ गते बिहान १० बजेदेखि घरबाटै सम्पर्क बिहीन भएका हुन्।घरको कुनै व्यक्तिलाई जानकारी नदिई निस्केका ओडलाई स्थानीयले क्याम्प चोकदेखि ट्रकमा बसेर दैजी तर्फ गइरहेको देखेको पारिवारिक स्रोतले जनाएको छ। ओडको खोजीका लागि परिवारले प्रहरीमा समेत जाहेरी दिएको छ।

उनलाई कसैले देखे वा भेटेमा नजिकैको प्रहरी तथा ९८१३२७७८८०, ९८१२७५२१७९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु