मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

छिनोफानो   शुक्रबार २५, जेठ २०८१ १२:२३

 मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त हुनुभएको छ । शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि सिंहको नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादीको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको थियो ।

प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक छ । गठबन्धनका ५५ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा सिंह नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई शपथ गराउनु हुने कार्यक्रम तय गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु