धनगढीको रारा होटलमा प्रहरीको छापा,अनैतिक क्रियाकलापमा संलग्न १ जोडी पक्राउ

छिनोफानो   शनिबार २६, जेठ २०८१ ०५:४०

धनगढीको रारा होटलमा यौन धन्दा हुने गरेको पाइएको छ। धनगढी उपमहानगरपालिका २ मिलनचोकस्थित रारा होटलमा धन्दा हुने गरेको हो।

शुक्रवार मात्र सो होटलमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख इन्सपेक्टर जनक राज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले छापा हान्दा १ जोडी समातिएको थियो।

सो होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल साहु कञ्चनपुर कृष्णपुर नगरपालिका ४ का ३३ वर्षीय नरेश ऐर र डडेल्धुरा अमरगढी नगरपालिका घए भएकी वर्ष २५ की गिता केसीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु