सुदुरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद १० सदस्यीय बन्यो, ७ मन्त्रीले लिए सफत

छिनोफानो   सोमबार २८, जेठ २०८१ ०६:५१

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप सात मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका  छन । सोमबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विस्तार गरेको मन्त्री परिषदका सदस्यलाई प्रदेश प्रमुख नजिर मियाले एक समारोह बिच पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो । 

अब सुदुरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद १० सदस्यीय भएको छ । शपथग्रहण गर्नेमा नेकपा (एमाले) का सुरेन्द्र पाल आर्थिक मामिला र नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनु  भएको हो  । 

एमालेका वीरबहादुर थापा, हिरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र नेकपा (एकीकृत समाजवादी) का माया पन्तले तत्काललाई विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गर्नुभयो ।  यसअघि डेढ महिनादेखि मुख्यमन्त्री सहित तीन सदस्यीय सरकार मात्र रहेको थियो ।  

स्वतन्त्र प्रदेश सभा सदस्य डा ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि उहाँ शपथग्रहण गर्न कार्यक्रममा उपस्थीत भएनन् ।  

मुख्यमन्त्री सोडारीले सपथग्रहण कार्यक्रमपछि संक्षिप्त प्रतिक्रिया दिदै अब सरकारलाई काम गर्न सहज हुने बताउनुभयो । शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री सोडारी, सभामुख भीमबहादुर भण्डारी, मन्त्रीहरु, पूर्व मुख्यमन्त्रीहरु, अन्य सदस्यहरुको उपस्थिति थियो ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु