एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयनले बढायो असन्तुष्टि

छिनोफानो   आइतबार ३१, असोज २०७८ ०२:५०

असोज । नेकपा एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयनलाई लिएर असन्तुष्टि देखापरेको छ। नेताहरुले सार्वजनिक रुपमै त्यो असन्तुष्टि पोख्न थालेका छन्। कतिपयले केन्द्रीय सदस्य चयनका क्रममा विधि र पद्दतिलाई अवमूल्यन गरिएको टिप्पणीसमेत गरेका छन्।

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले यसबारे सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन्। उनले ‘संकीर्ण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राखिएको’ टिप्पणीसमेत गरेका छन्।

‘अहिलेदेखि नै गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटीबाट असलसकारात्मक  अभ्यास गर्ने नयाँ संकल्प चाहिँ भन्ने मात्रको नारा होला होईन कमरेडरु’, पराजुलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय कमिटी निर्माण गर्ने जिम्मा पाएका कमरेडले विधिमापदण्डको मुहार र आफ्नो मुहार एकचोटि हेर्न अनुरोध गर्दछु।’

एकीकृत समाजवादीका अन्य जनवर्गीय संगठनका नेताहरु पार्टीको केन्द्रीय कमिटीमा समेटिँदा पराजुली त्यसमा परेका छैनन्। उनको असन्तुष्टि यो कारण पनि सार्वजनिक भएको छ। त्यस्तै, अनेरास्ववियुमा रहेका अन्य युवालाई पनि स्थान नदिइएकोमा उनी असन्तुष्ट देखिएका छन्।

‘प्रचारमा युवामैत्री तर पार्टी संरचनाव्यवहारमा शुन्यता म,मेरो,निजिलाई प्राथमिकता’, पराजुलीले भने, ‘कुण्ठाले मात्र पार्टी संरचनाको नेता हुन्छु भन्ने कलिलो सोच नदेख्दा नै राम्रो हुन्छ।’
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु