अछामको राम्याको हरि प्रसाद मार्ग बोलको डेउडा गीतको म्युजिक भिडियो सार्वजनिक

छिनोफानो   मङ्गलबार २९, जेठ २०८१ १२:१६

धनगढी । पछिल्लो समय प्रवासमा बसेर गीत सङ्गीतमा आबद्ध बनिरहनु भएका गायक राम प्रसाद भण्डारी (अछामको राम्या)को हरि प्रसाद मार्ग बोलको डेउडा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अछामको विकासका लागि एक अजम्मरी नाम हरि प्रसाद भण्डारीको सम्झनामा उक्त गीत बजारमा आएको हो ।

जिल्ला विकास समिति अछामका सभापति समेत रहेका स्व भण्डारीले अछाम जिल्लाको विकास निर्माणका सन्दर्भमा गरेका योगदानलाई यस गीतमा चित्रण गरिएको छ । यस गीतमा स्वर, शब्द राम प्रसाद भण्डारी र शोभा थापाको रहेको छ भने लय विजय थापामगरको रहेको छ । 

विशेष डिजिटल रेकर्डिङ स्टुडियो बाट रेकर्ड भएको उक्त गीतको छायाङ्कन भारतको पुणेमा गरिएको थियो । उक्त गीतमा अभिनय स्वयम राम प्रसाद भण्डारीले गर्नु भएको छ भने कुसुम भट्टले साथ दिएकी छन । आफूले अछामको जिल्लाको लागी अहोरात्र खटिने विकास प्रेमी नेता स्व हरि प्रसाद भण्डारीले गरेका योगदानहरू लाई गीतमा समेटेको बताए । 

आफूले यो गीतमा जाने सुने र बुझेका मानिसहरू सँग सल्लाह गरि यो गीत बजारमा ल्याएको उनले बताए । उक्त गीत राम प्रसाद भण्डारी युट्युब च्यानलबाट बजारमा आएको छ । 

 भिडियो हेर्न 

https://www.youtube.com/watch?v=045-c6cEjbw

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु