प्रधानमन्त्री देउवाले मागे सत्ता गठबन्धनका दलसँग मन्त्रीको नामावली

  शुक्रबार २५, भदौ २०७८ ११:५१

काठमाडौँ,२५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँग मन्त्रीको नामावली मागेका छन् । आज बिहान बालुवाटारमा बसेको बैठकमा देउवाले मन्त्रीको नाम दिन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले जानकारी दिइन् ।

पार्टीमा छिट्टै छलफल गरेर नाम दिने सहमति पनि बैठकमा भएको छ ।त्यस्तै संसद्मा अध्यादेश टेबुल गर्ने र गठबन्धनलाई मजबुत बनाएर लैजाने विषयमा छलफल भएको उनले बताइन् ।

बिहान ९ः१५ देखि करिब १ घण्टा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी सांसद् दुर्गा पौडेल सहभागी थिए । सत्तारुढ गठबन्धनको बैठक आज साँझ ६ बजे पुनः बस्ने पौडेलले जानकारी दिइन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु