जनताको आँखामा छारो फाल्दै साँफेबगर नगरपालिका,काम नगरेरै गर्‍यो २ योजनाको भुक्तानी

छिनोफानो   बुधबार ३०, जेठ २०८१ १२:५२

पवन भण्डारी,धनगढी । अछामको साँफेबगर नगरपालिकाले नियम विपरीत दुई योजनामा रकम भुक्तानी गरेको भेटिएको छ ।  नगरपालिकाले ३ बर्ष अगाडि सिसिक्यामरा जडानको काम नगरेरै ८ लाख ५० हजार भुक्तानी गरेको र वडा नम्बर १२ मा बिधुत बिस्तारका लागि कागजी उपभोक्ता  समिति बनाउँदै ५० लाख भुक्तानी  अर्कै लाई गरेको हो ।  

आर्थिक बर्ष २०७८ मा नगरपालिकाले सिसिटिभी क्यामरा जडानको लागि भन्दै ८ लाख ५० हजार भुक्तानी गरेको भए पनि सो कुरा बाहिर भरखरै मात्र आएको हो । नगरपालिकाले नगर क्षेत्र भित्र सिसिटिभी क्यामरा जडानका लागी भन्दै २०७७ र २०७८ मा दुई पटक टेन्डर आव्हान गरेको थियो । प्रक्रियागत रूपमा टेन्डर नपरेपछि नगरपालिकाले कोटेसन मार्फत सिसिटिभी क्यामरा खरिद गर्ने निर्णय गर्‍यो । 

तर पछि कोटेसनको लागी विज्ञापन नै आव्हान नगरी नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले कस्लाई दिए त्यो बारे कुनै जानकारी नै नगरपालिका तत्कालीन नगरप्रमुख कुल बहादुर कुँवर लाई जानकारी नै छैन । 

तत्कालीन नगरप्रमुख कुल बहादुर कुवर भन्छन्“दुई पटक टेन्डर गर्दा पनि टेन्डर नपरेपछि खरिद गर्न कर्मचारी मौफिक भनेको हु कर्मचारीले खरिद गरेको या नगरेको आफूलाई कुनै जानकारी नै नदिएको उनी बताउँछन् । ८ लाख ५० हजारको सामान नगरपालिकाले ३ बर्ष अगाडि खरिद गरेको जनाए पनि जडानको कार्य भने हाल सम्म हुन सकेको छैन ।

त्यस्तै साँफेबगर नगरपालिकाले वडा नम्बर १२ मा बिद्युत् बिस्तारका लागी ५० लाख रकम २०७९ सालमा भुक्तानी गरेको छ । आर्थिक मसान्त सकिनै लाग्दा नगरपालिकाले फ्रिज जान लागेको पैसालाई जोगाउन कागजी उपभोक्ता समिति मार्फत भुक्तानी गरेको थियो । वडा नम्बर १२ का गाउँमा नबस्ने रोजगारीको सिलसिला बाहिर बस्ने युवाहरूलाई उपभोक्ता समितिमा राख्दै बनाएको समितिमा नगरपालिकाले ५० लाख भुक्तानी गर्‍यो । 

तर  उपभोक्ता समितिमा रहेका युवाहरूलाई तपाईँहरूलाई प्रक्रिया पुर्‍याउन मात्र उपभोक्ता  समितिमा राखिएको हो काम एन्जिलाले गर्ने हो भन्दै नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी तथा वडाध्यक्षको मिलेमतोमा ५० लाखको चेक एन्जिला लाई काट्न लगाएको उपभोक्ता समितिका पदाधिकारीको भनाई छ । 

दुई बर्ष अगाडी नै ५० लाख भुक्तानी भइसकेको बिद्युत् बिस्तारको काम अझै सम्पन्न हुने छाटकाट छैन भने सिसिटिभी क्यामराको काम गर्ने सुरसार भने बल्ल नगरपालिकाले गरेको छ ।  

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु