धनगढीका वडा इन्चार्ज इन्स्पेक्टर ढुंगानाको एक्सन : धनगढीका यौनकर्मीको भागाभाग

छिनोफानो   बिहिबार ३१, जेठ २०८१ १२:०३

धनगढी । कैलालीको धनगढीका दुई  होटेलमा अवैध रूपमा यौन धन्दा हुने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रमुख इन्स्पेक्टर जनक राज ढुंगानाको कमान्डमा खटिएको टोलीले संकास्मत होटेलमा छापा हान्दा  ४ जनालाई नियन्त्रणमा लिएको हो  ।

बुधवार बेलुका धनगढी चौराहामा रहेको बुढिनन्दा होटेल र धनगढी गाउँमा रहेको छाया होटेलमा प्रहरी प्रहरीले छापा हान्दा अवैध यौन धन्दामा  संलग्न दुई युवती तथा दुई पसल सञ्चालक साहुनीलाई पक्राउ गरेको छ भने केही दिन अगाडी धनगढी मिलन चोकमा  रहेको रारा होटेल बाट २ जना, बैतडी सिगास होटेलबाट १ तथा सुदूरपश्चिम स्पा बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । धनगढीमा  पछिल्लो समय खुल्याम रूपमा यौन ब्यावसाय भई रहेको गुनासो आए पछि आफूले मिसन नै बनाएर यस्ता गलत क्रियाकलाप बन्द गर्ने मिसनमा लागेको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख इन्स्पेक्टर जनकराज ढुंगानाले बताए ।

उनले भने कानुन विपरीत काम गर्ने जो कोही एक न एक  दिन कानुनको फन्दामा पर्नेछन् भन्दै कानुन विपरीत काम नगर्न अनुरोध समेत गरे । यदि कसैले कानुन विपरीत काम गर्छन् भने सो बारे प्रहरीलाई जानकारी गराएर सहयोग गर्न ढुंगानाले आग्रह समेत गरे । वडा प्रहरी कार्यालय धनगढीले पछिल्लो समय व्यापक रूपमा धनगढीका होटेल तथा स्पाहरूमा छापा हान्दै आएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु