चितवनमा भएको सवारी दुर्घटनामा १७ जना घाइते

छिनोफानो   शुक्रबार ३२, जेठ २०८१ ०९:४८

काठमाडौं । चितवनमा भएको सवारी दुर्घटनामा १७ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको बा– ०–०२९ च ३७२० नम्बरको कार चितवनको फिस्लिङमा ठोक्किँदा १७ जना घाइते भएका छन्।

चितवनको फिस्लिङमा भएको दुर्घटनामा कारमा सवार ५ जना र बसका १२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।उनीहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ। 

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु