टिपरकाे ठक्करबाट एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

छिनोफानो   शुक्रबार ३२, जेठ २०८१ ०९:५१

खजुरा, जेठ ३२ गते ।   पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरीमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् भने राजमार्ग अवरुद्ध पारेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले गए राति टिपरकाे ठक्करबाट राप्तीसोनारी ९ स्थित ढकेरीमा मोटरसाइकल चलाइरहेका राप्तीसोनारी गाउँपालिका ८ का अन्दाजी ३५ वषीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै ज्यान गएको बताउनुभयो ।

उहाँका अनुसार गए राति अन्दाजी ९ः३५ बजेको समयमा कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ख ३०१९ नम्बरको टिपरले पूर्वबाट कोहलपुरतर्फ आउँदै गरेको भे१०प १४१३ नम्बरको विष्ट सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरकाे ठक्करपश्चात् विष्टको घटनास्थलमै ज्यान गएको हो ।

स्थानीयले ठक्कर दिने टिपरलाई आगजनी गरेको र सडक अवरुद्ध पारेको उहाँले जानकारी दिनुभयो । दुर्घटनापश्चात् टिपरचालक फरार रहेको साथै उक्त गाडीका मालिक भने प्रहरीको सम्पर्क आएको उहाँले जानकारी दिनुभयो । सडक खुलाउनका प्रहरीले पहल गरिरहेको छ । साथै फरार रहेका टिपर चालकको पनि खोजतलास भइरहेको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।

मृतक विष्ट राप्तीसोनारी गाउँपालिका ८ स्थित पुष्पाञ्जली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष साथै मध्य विन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सचिव रहेको स्थानीय कवीन्द्र परियारले जानकारी दिनुभयो । परियारका अनुसार मृतकको शव अहिलेसम्म पनि सडकमै राखिएको छ भने पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध बनाएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु