अछामको स्वास्थ्य चौकीको फ्रिजमा बियरका बोतल

छिनोफानो   शुक्रबार ३२, जेठ २०८१ १०:०४

अछाम ।   खोप लगायत स्वास्थ्य सामग्रीलाई राख्न प्रयोग गरिएको अछामको मष्टाबण्डाली स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ बियरका बोतल भेटिएका छन् ।

कमलबजार नगरपालिका–९ मष्टाबण्डाली स्वास्थ्य चौकीमा स्थानीयको एक समूहले गएर हेर्दा ‘फ्रिज’ मा तीन वटा बियरका बोतल राखेका पाइएको हो । उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीले बियरका बोतल राखेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीय अगुवाले बताउनुभयो । स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा आएपछि चौतर्फी विरोध भएको छ ।

बियरका बोतल राख्नमा संलग्नलाई कानुनी कारबाहीको माग गरिएको छ । वडा अध्यक्ष कमल भण्डारी आज नै स्वास्थ्य व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय लिइने बताउनुभयो । स्वास्थ्य चौकीको ‘फ्रिज’ बियरका बोतल राखेको बारेमा आफूले मिडियाबाट जानकारी पाएर अचम्ममा परेको कमलबजार नगरपालिकाका प्रमुख चक्र बहादुर विष्टले जानकारी दिनुभयो ।

केही समयअघिबाट नै स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल राख्ने गरेको कुराहरू बाहिरिँदै आएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु