डोटीको पुर्बिचौकी गाउँपालिका उपाध्यक्ष खड्काले मोबाइल खरिदका लागी लिइन  ८० हजार ६ सय रुपैयाँ

छिनोफानो   शुक्रबार ३२, जेठ २०८१ ०२:४२

पवन भण्डारी,धनगढी । डोटीको पुर्बिचौकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्काले पालिकाबाट मोबाइल खरिदका लागी ८० हजार ६ सय भुक्तानी लिएको खुलेको छ ।

आर्थिक बर्ष २०७९÷०८० मा उपाध्यक्ष खड्काले मोबाइल खरिदका लागी नियम विपरीत भुक्तानी लिएको महालेखा  परीक्षक कार्यालय काठकाण्डौको  लेखा परीक्षण प्रतिवेदनमा उल्लेख रहेको छ । 

सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी ,तथा सदस्यहरूको सेवा सुविधा समन्धी ऐन २०७५ को दफा ३ मा गाउँपालिकाका पदाधिकारीले सेवा सुविधा बाहेक अन्य सेवा सुविधा लिन मिल्ने नदेखिएको  भन्दै असुल उपर गर्न महालेखा  परीक्षक कार्यालयले निर्देशन दिएको छ । गाउँपालिकाले उपाध्यक्ष खड्काका लागी मोबाइल,पावर बैक ,र फास्ट चार्जिङ खरिद गरेको थियो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु