राष्ट्रियसभामा सांसदहरु मापसे गरेर आउन थालेपछि...................

छिनोफानो   आइतबार ०९, असार २०८१ ०५:०८

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसद्‌मा मादकपदार्थ सेवन गरेर आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका छन् । 

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । केही दिनअघि प्रतिनिधिसभा बैठकमा एक महिला सांसदले पुरुष सांसद मादकपदार्थ सेवन गरी संसद्‌मा आएको कुरा उठाएको भन्दै उनले संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्बन गरिनुपर्ने बताए । 

“प्रतिनिधिसभामा महिला सांसदले पुरुष एकजना सांसद संसद्‌मा रक्सी खाएर आउनुहुन्छ भन्नुभयो । यदी त्यसो हो भने कारबाही हुनुपर्छ । संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन नहोस् । त्यस्तो कार्य भए ६ महिनाको निलम्बन हुनुपर्छ,” उनले भने । 

उनले बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन नितान्त आवश्यक रहेको बताए । सांसद बस्नेतले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने भन्ने कुरा जायज नरहेको बताए ।  उनले वन अतिक्रमण भएकोबारे सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु