माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ ११:१६

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसिरहेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक चलिरहेकोको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

सचिवालयको अनुसार पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ। यही कात्तिक १३ गते वडा र मंसिर ४ गते स्थानीय तहको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ। यस्तै‚ माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु