अछामका राम्याको प्रदेशीको कथा गीतकी गायिका थापालाई भाषा भाषी तर्फ उत्कृष्ट गायिका अवार्ड

छिनोफानो   बिहिबार १३, असार २०८१ ०३:३८

धनगढी । पछिल्लो समय डेउडा क्षेत्रकी चर्चित गायिका शोभा थापाले जयप्राप्ती म्युजिक अर्वाड २०८१ अन्तर्गत भाषा भाषी गायिका तर्फबाट उत्कृष्ट गायिकाको अवार्ड पाउनु भएको छ । 

 गायक राम प्रसाद भण्डारी र शोभा थापाको आवाजमा रहेको डेउडा गीत प्रदेशिको कथा बोलको गीतबाट उनी उत्कृष्ट गायिकाको अवार्ड पाउन सफल भएकी हुन । डेउडा क्षेत्र र आफ्नो भाषा सस्कृती संरक्षणका लागी सदैव अगाडी रहकी गायिका थापाले हजारौँ गीतहरूमा स्वर दिई सक्नु भएको छ ।  

उनले अवार्ड प्राप्त पछि छिनोफानो डटकम सँग कुरा गर्दै भनिन् मैले अझै धेरै गर्नु छ । मेरो जीवन नै सङ्गीतमा समर्पित गरिसके ,अझै पनि मलाई थकान महसुस भएको छैन उनले भनिन् । हजारौँ गीतहरू गाउँदा आफूले प्राय डेउडा गीतहरू नै बढी गाएको बताउँदै थापा भन्छीन मन त सबै गीत गाउन लाग्छ तर डेउडा भन्ने बित्तिकै हुरुक्कै हुन्छु डेउडा बढी गाउँछु । सुदूरपश्चिमको बाजुरामा जन्मनु भएकी गायिका थापा पछिल्लो समय काठमाडौँ मै बसेर गीत सङ्गीत तर्फ सङ्घर्ष गरिरहनु भएको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु