सुदूरपश्चिम प्रदेशलाई एमालेले दिएको समर्थन फिर्ता

छिनोफानो   शुक्रबार २१, असार २०८१ ०९:३५

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई नेकपा एमाले ले दिएको समर्थन फिर्ता लिइएको छ । एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बुधवार साँझ फिर्ता लिएको हो । 

नेकपा एमाले बाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा  दिनुभएको हो । नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएको बताउनु भयो । उहाँले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको  बताउनुभयो । उहाँले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकार अव अल्पमतमा परेको छ  भने उता नेपाली काँग्रेस र एमाले नयाँ सरकार गठनको लागि छलफलमा जुटेका छन् । 

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु