राजीनामा नदिएपछि मधेशमा ४ दलका ६ जना मन्त्री बर्खास्त

छिनोफानो   शनिबार २२, असार २०८१ ०३:४१

काठमाण्डाै – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज चार वटा दलका छ जना मन्त्रीलाई बर्खास्त गर्नुभएको छ । केन्द्रमा सत्ता फेरबदलको घटना भएपछि आफैँ राजीनामा दिनुपर्नेमा आग्रह गर्दा पनि राजीनामा नआएकाले बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिणज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने, ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायातमन्त्री उर्मिला चौधरी बर्खास्तमा परेका हुन् ।

माओवादी, एकीकृत समाजवादीलगायत छ दलको समर्थनमा जनमत पार्टीका सिंह गएको जेठ २५ गते मुख्यमन्त्री बन्नुभएको थियो । तर केन्द्रमा कांग्रेस र एमालेको सत्ता समीकरण बनेसँगै मधेशमा पनि एमाले, कांग्रेस, जनमत, जसपा, जसपा नेपाललगायत दलहरूको मात्रै सरकार बनाउने तयारी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु