स्टारमर बेलायतको प्रधानमन्त्री नियुक्त

छिनोफानो   शनिबार २२, असार २०८१ ०३:४५

लेबर पार्टीका नेताकियर स्टारमर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। राजा चार्ल्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ। 

बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो। लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिट बढी हो। 

६५० सदस्य रहेको बेलायती संसद् ‘हाउस अफ कमन्स’मा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ। लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याएपछिको यो दोस्रो ठूलो सफलता हो। प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्ट्यामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताए।

विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ। पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ। प्रभावशाली मन्त्री रहेका पार्टीका नेताहरू पराजित भएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु