एमालेले कात्तिक ६ मा वडा अधिवेशन गर्ने

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ १२:१२

नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ। देशका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागिएको एमालेले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा अधिवेशन उद्घाटन गर्ने तयारी छ।एमालेले यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी गरेको छ। सात सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो।

एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु