पैदल यात्रीलाई ठक्कर दिएर फरार शिक्षा विज्ञ कृष्ण सिंह पेला पक्राउ

पवन भण्डारी   सोमबार २४, असार २०८१ ०३:१३

धनगढी । आइतबार बेलुका धनगढी अत्तरिया ६ लेन सडकमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका गाडी चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार गाडी चालक धनगढी उपमहानगरपालिका २ बस्ने चालक कृष्ण सिंह पेला र उनले चलाएको सुप ०१–००१च ३५६३ को नम्बरको कारलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । 

आइतबार बेलुका ८ बजे एरपोट मोड नजिकै धनगढी उपमहानगरपालिका १३ बस्ने ७० बर्षीया वृद्ध जगतराम रानालाई ठक्कर दिएर गाडी सहित चालक फरार रहेका थिए । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनले चलाएको गाडीलाई उनकै घरमा लुकाएर राखेको अवस्थामा र चलाक पेलालाई धनगढी उप–महानगरपालिका परिसरबाट नियन्त्रणमा लिएको हो । 

चालक पेला धनगढी उप–महानगरपालिकामा शिक्षा विज्ञको रूपमा कार्यरत रहेका छन । घाइते जगतराम रानाको  सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु