धनगढीकी लक्ष्मी मृत्यु प्रकरण डाक्टर भट्टलाई कार्वाही गरिने

छिनोफानो   बुधबार २६, असार २०८१ १०:४४

धनगढी   धनगढीको खप्तड कलेजमा अध्यायनरत २२ वर्षीया लक्ष्मी जोशी मृत्यु प्रकरणमा चिकित्सकलाई कार्वाही हुने भएको छ ।

निसर्ग अस्पतालमा उपचाररत जोशीको मृत्यु भएपछि चिकित्सकको लापरबाही भन्दै आफन्तहरुले कार्वाहीको माग गरेका थिए । मगंलबार साँझ मृतक जोशीका परिवार र अस्पताल बिच उपचारमा संलग्न डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको हो।

डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको उनका काका हेम जोशीले बताए । पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टापछि उपचारको क्रममा मृत्यु भएको थियो।

जोशी हेल्थ असिस्टेन्ट पढ्दै गरेकी थिइन् र उनी धनगढीकै नवजीवन अस्पतालमा ओजेटी गरिरहेकी थिइन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु