शिक्षक सेवा आयोगको परिक्षा दिन आएका एक शिक्षक ६ दिन देखि धनगढीबाट बेपत्ता

छिनोफानो   बिहिबार २७, असार २०८१ ०२:५३

धनगढी  ।   शिक्षक सेवा आयोगको परिक्षा दिन आएका एक शिक्षक धनगढी बाट बेपत्ता भएका छन ।

अछामको मेल्लेख गाउपालिका ६ घर भएका टक बोहोरा असार २२ गते बेलुका देखि सम्पर्क बिहिन बनेका हुन । बोहोरा धनगढीको पुरानो भन्सार रोडबाट बेलुका ५ बजे पछि सम्पर्क बिहिन बनेको पारिवारीक श्रोतले जनाएको छ । असार २२ गते शिक्षक सेवा आयोगको परिक्षामा सहभागी हुन बोहोरा धनगढी आयका थिए ।

जनता माबिमा शिक्षकमा कार्यरत बोहोराको एक्कासि मानसिक समस्या आए पछि सम्पर्क बिहिन भएको उनका भाइ लक्ष्मण बोहोराले बताए । उनले भने परिक्षा हल बाट एक्कासि निस्केका बोहोरा अन्तिम मा होटल जनप्रीयमा बसेको र बेलुका साढे ७ बजे देखि सम्पर्क बिहिन रहेको बताए । साथै उनले खोजीका लागि प्रहरीमा समेत जानकारी समेत गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु