नारायणी नदीमा थप दुई जनाको शव फेला

छिनोफानो   आइतबार ३०, असार २०८१ १०:४७

नारायणी नदीमा थप दुई जनाको शव फेला परेको छ । नवलपुरको गैडाकोट-७ गैरी स्थित नारायणी नदीको बीच टापुमा एक जनाको र चितवनको राप्ती र नारायणी नदीको दोभान गोलालघाटमा एक जनाको गरी थप दुई जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएकाे छ । 

फेला परेका दुवै शव त्रिशुलीमा खसेका बसमा सवार यात्रुको भएको हुन सक्ने आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार बालुवाले पुरि ढाड मात्र देखिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । 

शवको मुचुल्का तयार पार्ने काम भईरहेको प्रहरीले जनाएको छ । यता, चितवनको राप्ती र नारायणी नदीको दोभान गोलालघाटमा पनि एक जनाको शव भेटिएको छ। 

यस अघि हिजो गोलाघाटमा एक जना र गैडाकोट-७ गैरीमा दुई जनाको शव फेला परेको थियो । उनीहरु तीनै जना त्रिशुलीमा खसेका बसमा सवार यात्रुहरु रहेको पुष्टि भइसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु