सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँ

छिनोफानो   आइतबार ३०, असार २०८१ १२:०९

काठमाण्डौ – सुनको भाउले आज फेरि अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ४४ हजार नौ सय रुपैयाँ रहेको थियो । यसअघि गएको आइतवार सुन अहिलेसम्मकै उच्च मूल्य तोलामा एक लाख ४५ हजार चार सय रुपैयाँ कायम भएर रेकर्ड बनाएको थियो । त्यस्तै चाँदी भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु