निर्वाचन आयुक्त हुन प्रधान उपयुक्त छैनन् : सांसद कार्की

छिनोफानो   सोमबार १४, साउन २०८१ ०२:२१

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई नियुक्त नगर्न संसदीय सुनुवाइ समितिको ध्यानाकर्षण गराएकी छिन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कार्कीले प्रधानको नियुक्तिले महिला र संविधान दुवैको अपमान हुने टिप्पणी गरिन्। प्रधानविरुद्ध पीडित स्वयंले नै समितिमा यौन शोषणको उजुरी गरेको उल्लेख गर्दै सांसद कार्कीले सो विषय अदालत पुगेको उल्लेख गरिन्।

अदालतमा मिलापत्र भएर प्रधानले पीडित महिलालाई किस्ताबन्दीमा एक करोड २५ लाख तिरेको रसिदसमेत समितिमा प्रस्तुत गरेको उल्लेख गर्दै भनिन्, ‘त्यसलाई आयुक्तमा नियुक्ति गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ र संविधानको धारा २४५ को उपदफा ८ को पनि अपमान हुन्छ।’

प्रमुख आयुक्त र आयुक्त हुन उच्च नैतिक चरित्र आवश्यक पर्ने उल्लेख गर्दै उनले थपिन्, ‘त्यस्तो यौन शोषण गर्ने मान्छेको कसरी चरित्र उच्च भन्न सकिन्छ ?’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु