सरकारले ५ राजदूत फिर्ता बोलाउने र १६ नयाँ राजदूत नियुक्ति गर्ने

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ ०३:५५

काठमाडौँ : मन्त्रिपरिषद्‍को सोमवार बसेको बैठकले विभिन्न देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिश गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमवार बसेको मन्त्रिपरिषद्‍ बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्‍को बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णयको जानकारी दिएका हुन्। 

सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, अस्ट्रेलिया, मलेशिया, साउदी अरब, इजरायल, जर्मनी, पोर्चुगलका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ।

बैठकले अस्ट्रेलिया, चीन, श्रीलंका, दक्षिण अफ्रिका, रसियाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। अन्य देशका राजदूतलाई यसअघि नै फिर्ता बोलाउने निर्णय भएकाले नेपाली राजदूतको पद रिक्त रहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु