तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिश

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ ०३:५९

काठमाडौँ : मन्त्रिपरिषदको सोमवार बसेको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिश गर्ने निर्णय भएको जानकारी दिए। 

सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय पनि गरेको छ। 

यसैगरी, बैठकले २२ जना राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतको सरुवा गर्ने निर्णय पनि गरेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु