मेल्लेख गाउँपालिका १ का अध्यक्ष  धामीले गरे सरकारी मोटरसाइकल दुरुपयोग,सरकारी बाइकमा छोराको मस्ती (भिडियो सहित)

छिनोफानो   बिहिबार १७, साउन २०८१ ०२:४८

पवन भण्डारी,धनगढी । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर १ का  अध्यक्ष दिल बहादुर धामीले सरकारी मोटरसाँईकलको दुरुपयोग गर्ने गरेको पाइएको छ । धामीले वडा कार्यालयको सु प प ०३–००१ ब ००४५ नम्बरको मोटरसाइकल दुरुपयोग गरेका हुन । धामीले वडा कार्यालयको सरकारी गाडी वडाको काम भन्दा आफ्नो ब्याक्तीगत काम बढी प्रयोग गर्ने गरेको समाचार श्रोतको भनाई छ । 

धामीले सो मोटरसाइकल आफ्नो छोरालाई नै चलाउन दिने गरेको बताउँदै समाचार श्रोत भन्छ अफिसको काममा कहिल्यै पनि सो मोटरसाइकल काम लाग्दैन उनकै छोराले कता लिन्छन् लिन्छन् । धामीले शनिवार समेत मोटरसाइकल अफिसको काम भन्दा बाहिर चलाउने गरेको स्थानीयको भनाई छ । 

विगत केही बर्ष धामीले सो मोटरसाँईकलमा कसैलाई जानकारी नहोस् भन्दै ब्याक्तीगत नम्बर प्लेट हालेर प्रयोग गर्ने गरेको भए पनि स्थानीयको विरोध पछि मात्र सरकारी नम्बर प्लेट हालेको एक स्थानीयले बताए । अध्यक्षको छोरा लगायत आफन्तहरूले प्रायजसो सोही बाईक प्रयोग गर्ने गरेको स्थानीयको आरोप छ । 

धामीका छोराले सरकारी मोटरसाईल पहिरो गएको ठाउँमा चलाउँदै बनाएको भिडियो समेत छिनोफानो डटकमले प्राप्त गरेको छ । सो भिडियोमा धामीका छोराले पहिरो गएको ठाउँमा ढुंगा पन्छयाउदै बाईकलाई जबरजस्ती बाटो कटाउन खोजेको देखिन्छ । 

यता वडाध्यक्ष दिल बहादुर धामीले भिडियोमा देखिएको दृष्ट आफनै छोराको भएको स्वीकार गरेका छन । उनले भने वडाको ईमजेन्सी काम पर्‍यो मलाई पनि चलाउन राम्रो सँग नआउने हुँदा छोरोलाई साँफेमा अफिसको काममा पठाएको हु मैले ब्याक्तीगत काममा पठाएको होइन । वडामा आफू र सचिव बाहेक अन्य कर्मचारीलाई बाईक चलाउन नआउने र सचिव धनगढी हुँदा आफूले छोराको सहायता लिएको उनले स्वीकार गरेका छन । अन्य कुरा सबै अफवाह हुन मैले कुनै पारिवारिक काममा मोटरसाइकल प्रयोग गरेको छैन उनले भने । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु