ओलीको विश्वास जित्नेहरुले पाए जिम्मेवारी

छिनोफानो   शुक्रबार १८, साउन २०८१ ०६:३९

काठमाडौं । आमचुनाव–२०७९ को नतिजा पार्टीको दाबी बमोजिम नआएपछि विशेष जिम्मेवारी सहित फरक भूगोल र क्षेत्रमा खटाइएका नेकपा एमालेका नेताहरु आफ्नै भूगोल/क्षेत्रमा फर्किएका छन् ।

एकल बहुमत ल्याउने र अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने लक्ष्य चुनावी नतिजाबाट पूरा हुन नसकेपछि एमालेले दुई महिना  ‘मिसन ग्रासरुट’ र एक वर्ष संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको थियो । मिसन ग्रासरुट अभियान पार्टीको समस्या पहिचानमा केन्द्रित थियो ।

एक वर्षे अभियानमा भने प्रदेश भन्दा मुनिका कमिटीहरुको नेतृत्व पुनर्गठन, सदस्यता वितरण र नवीकरण जस्ता काम  भए । मिसन–०८४ अन्तर्गत सञ्चालित यो अभियानमा नेताहरुलाई फरक भूगोल र क्षेत्रको जिम्मेवारी दिइएको थियो ।

यसरी १८ महिनासम्म विशेष अभियानमा खटिएका नेताहरुलाई एमालेले आजको सचिवालय बैठक मार्फत् आ–आफ्नै भूगोल र क्षेत्रमा फर्काएको छ । कसैलाई पनि सहइन्चार्ज नबनाउने नीति अन्तर्गत केन्द्रीय कमिटीका नेताहरुलाई आफ्नै निर्वाचन क्षेत्र रहेको भूगोल अथवा दख्खल रहेको विभागको इन्चार्ज बनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु