एसइई ग्रेड वृद्धि परीक्षामा अछाम जिल्लाबाट २८ सय ९७ विद्यार्थी सहभागी हुँदै

पवन भण्डारी   शनिबार १९, साउन २०८१ ०२:५२

धनगढी । यही श्रावण २३ गते देखि सञ्चालन हुने एसइई ग्रेड वृद्धि तथा मौका परिक्षामा परीक्षामा अछाम जिल्लाबाट २८ सय ९७ विद्यार्थी सहभागी हुने भएका छन । देश भर हुने एसइई ग्रेड वृद्धि  तथा मौका  परीक्षामा अछाम जिल्लामा ८ वटा परीक्षा केन्द्र तोकिएका छन ।

 जाल्पा देवी मावि ढाकूँ,बिद्यामन्दीर मावि विनायक ,ने रा मावी चाफामाण्डौ,कालिकेश्वरी मावि तुर्माखाद,राधा मा वी बोगटी गाउँ,षोडशा देवी मावि मंगलसैन,जनकल्याण मावि साँफेबगर र सूर्यचन्द्र मावि कालीमाटी लाई परीक्षा केन्द्र तोकिएको हो ।

८ ओटा केन्द्र बाट छात्र १३ सय १६ जना तथा छात्रा १५ सय ८१ गरि कुल २८ सय ९७ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाईका अछामका सूचना अधिकारी सुरेन्द्र प्रसाद बजगाईँले जानकारी दिए । यो वर्षको एसइई मौका परीक्षामा सबै भन्दा बढी १८ सय ७४ जना विद्यार्थीले गणित बिषयमा बिदयार्थीले मौका परीक्षा दिने भएका छन भने अग्रेजिमा १७ सय ९६ नेपालीमा ८ सय ५९ विज्ञानमा १२ सय ५९ सामाजिकमा ८ सय ४ अर्थशास्त्रमा ८ सय ५६ ऐच्छिक गणितमा ५९जनसङ्ख्यामा १० वातावरणमा २, लेखामा २ सय २३ ,शिक्षामा ५७ ,स्वास्थ्यमा १४, कम्प्युटर ५६ ,र कृर्षीमा ३४ जनाले मौका परीक्षा परीक्षा दिने सूचना अधिकारी बजगाईँले जानकारी दिए । 

। 

राष्ट्रिय परीक्षा बोर्डले यो बर्ष देखि २ विषय भन्दा बढी बिषयमा अनुतिर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा समावेश गर्ने व्यवस्था गरेको छ । 

यसलाई विगतमा पूरक (मौका) परीक्षा भनिन्थ्यो तर मौका परीक्षामा दुई विषयमा अनुत्तीर्ण भएकाले मात्र भाग लिने गरेकोमा यस प्रणालीमा जुनसुकै विषयमा प्राप्ताङ्क परीक्षा दिन पाइने व्यवस्था गरेकाले मौका परीक्षा भनिएको शिक्षा विकास तथा समन्वय ईकाई अछामले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु