महिला भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हरायो

छिनोफानो   शनिबार १९, साउन २०८१ ०६:१६

काठमाण्डौ – महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन गर्‍याे । तेस्रो सेट नेपालले २५–१७ ले जित्यो । चौथो सेट भारतले २५–१८ ले जितेर खेल २–२ को बराबरीमा ल्यायो । पाँचौ सेट १५–१३ ले जितेर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

नेपाली खेलाडीलाई हौसला दिन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतका विशिष्ट व्यक्ति रङ्गशालामा पुग्नुभएको थियो । आजको जीतसँगै नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । तीन खेल खेलेको भारत सात अङ्कसहित शीर्ष स्थानमा छ ।

पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । भारतले यसअघि इरान र भाल्दिभ्सलाई हराएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु