राजनैतिक अस्थिरताको भुमरीमा सुदूरपश्चिम प्रदेश,डेढ वर्षको अवधिमा ४ जना मुख्यमन्त्री

छिनोफानो   आइतबार २०, साउन २०८१ ०२:१३

पवन भण्डारी,धनगढी  : सुदूरपश्चिम प्रदेशमा करिब डेढ वर्षको अवधिमा ४ जना मुख्यमन्त्री बनेका छन । आइतबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दाबी पेस गरे सँगै मुख्य मन्त्रीको सङ्ख्या ४ पुगेको हो  । राजनीतिक अस्थिरताका कारण सुदूरपश्चिममा सरकारले स्थायित्व पाउन सकेको छैन । 

अल्पमतमा परे पछि मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि सुदूरपश्चिम प्रदेशमा डेढ वर्षमा चौथो पटक सरकार बनेको हो  । सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहेका छन । यस अघिका तीन वटा सरकारमा मुख्यमन्त्री सहित २६ जना मन्त्री बनिसकेका छन ।  कमल शाहको नेतृत्वमा चौथो पटक  गठन भएको सरकारमा पनि मन्त्रीमा नयाँ अनुहार देखिन सक्ने बत्ताइन्छ ।

 करिब आधा भन्दा बढी सांसदले मन्त्रीको कुर्ची सम्हाली सकेकोले पछि अब नयाँ अनुहार मन्त्रीमा आउन सक्ने नागरिकहरूको अनुमान छ । नागरिकहरू भन्छन्“सबै लाई कुर्ची चाहिएको हो अझै नयाँ मन्त्री थपेर सबै लाई मन्त्री बनाउने खेल हो यो,यहाँ विकास भन्दा पनि मन्त्री चाहिएको हो अझै ३ वर्षमा बाकी छ मन्त्री बन्न बाकी रहेका लाई मन्त्री बनाउन लागेका छन राजनैतिक दल  ”

राजनीतिक अस्थिरताका कारण सुदूरपश्चिम प्रदेशले विकासमा समेत गति लिन नसकेको नागरिकहरू बताउँछन् । पटक पटक राजनैतिक द्धँन्द र कुर्चीको लडाइँले उसै पिछडी को सुदूरपश्चिम विकासमा पछि परेको नागरिकहरूको गुनाँसो  छ । 

संघ र प्रदेशको निर्वाचनपछि २०७९ पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल एमाले सहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावललाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि रावल नेतृत्वको सरकार एक महिनामै ढलेको थियो । 

एक महिनामै रावल  पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको ठुलो दलको हैसियतले काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए । माघ २६ गते शाह मुख्यमन्त्री नियुक्त हुँदा केन्द्रमा काँग्रेस–एमालेको गठबन्धन थियो । परिस्थिति अनुकुल बनेपछि शाहले सहजै विश्वासको मत पाएका थिए । तर गत २०८० फागुनमा केन्द्रमा पुनः राजनीतिक समीकरण बदलियो ।

केन्द्रमा एमाले र माओवादी सहितको गठबन्धन बनेपछि माओवादी प्रदेश सरकारबाट बाहिरिएको थियो । माओवादी बाहिरिए पछि मुख्यमन्त्री शाह अल्पमतमा परे । मुख्यमन्त्री शाहले चैत २२ गते राजीनामा दिए । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री बने । तर पछि  केन्द्रमा काँग्रेस–एमालेको नयाँ गठबन्धन बनेपछि मुख्य मन्त्री सोडारीले एक सय ५ दिनपछि शुक्रवार पदबाट राजीनामा दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु