काँग्रेशबाट प्रदेश महामन्त्री मेघराज खड्काका मन्त्री बन्ने सम्भावना बलियो

पवन भण्डारी   सोमबार २१, साउन २०८१ १२:५१

धनगढी । नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काका मन्त्री हुने लभगभ पक्का भएको छ । काँग्रेशका एक नेता अनुसार खड्काको नाम लगभग पक्का भईसकेको र निर्णय हुन मात्र बाकी रहेको छ । 

काँग्रेशबाट बहादुर थापालाई समेत मन्त्री बनाउने तयारी रहेको उनले बताए । दुई राज्यमन्त्रीमा गीता चौधरी र ललिता सुनुवारको सम्भावना बढि रहेको छ । अहिले १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको नामलाई अन्तिम रुप दिनेछ । महामन्त्री खड्काका अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (१)  बाट निर्वाचित साँसद हुन । 

सत्तारुढ दलहरुबीच भएको भागबन्डामा कांग्रेसले मुख्यमन्त्री र तीन मन्त्रालय तथा एमालेले ३ मन्त्रालय पाएको थियो । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा समेट्न कांग्रेसले आफूले पाएको एउटा मन्त्रालय नाउपालाई दिने भएको छ । एमालेले २ बजे संसदीय दलको बैठक बोलाएको छ । ३ बजे मुख्यन्त्री कमलबहादुर शाह र मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु