आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

छिनोफानो   बुधबार २३, साउन २०८१ ०१:३६

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक र सरकारका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ ।

प्रदेशमा सरकार फेरबदलसँगै दुवै जनाले पदबाट राजीनामा दिनुभएको हो । निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार ३ गते विक र शाहीलाई क्रमशः आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको थियो ।

दुवै जनाले हिजो नै मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा पत्र बुझाएको मुख्यमन्त्रीको निजी सचिवालयका नृप सुनारले जानकारी दिनुभयो ।

वर्तमान सरकारले मुख्य न्यायाधिवक्ता सम्भवतः आजै नियुक्त गर्न सक्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु