नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

छिनोफानो   बुधबार २३, साउन २०८१ ०३:०३

नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको बताए।

शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

‘हेलिकप्टर खसेको र आगो लागेको जानकारी आएपछि हामी त्यसतर्फ जाँदैछौं,’ उनले भने, ‘प्रहरीहरू घटनास्थलमा पठाइसकिएको छ।’

कुन एयरलाइन्सको हेलिकप्टर हो र त्यसमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन।

विस्तृतमा आउँदै...

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु